मंसिरको पहिलो साताभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तयारी

 १८ जेष्ठ २०७९, बुधबार


काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।


मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी कात्तिक अन्तिम साता वा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने प्रस्ताव आएको तर, यस विषयमा दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँग परामर्श लिने तयारी गरिएको छ ।

आयोगसँग परामर्श गरेपछि सरकारले दुवै तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ । चुनाव एकै वा दुई चरणमा निर्वाचन गर्ने भन्नेमा गठबन्धनको बैठकमा निर्णय भएको छैन । बैठकमा दुवै तहको निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment