अमेरिकालाई पत्र लेखेरै एसपीपी अस्वीकार गर्ने सरकारकाे निर्णय

६ असार २०७९, सोमबार


काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्काे बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हाे

अमेरिकासँग सेनाले गरेको एसपीपी सम्झौताले सेनाको साखमात्र होइन देशको साख गिर्ने भन्दै चौतर्फी आवाज उठिरहेको छ । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्री देउवालाई एसपीपी अस्वीकार गर्न भन्दै अमेरिकालाई पत्र लेख्न दबाब दिँदै आएका थिए ।

तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागी हुन ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भएपछि एसपीपी प्रकरणले नयाँ तरंग फैलाएको थियो । जस्ले नेपालको राजनीति र सेनाको साख गिराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment