अखिल नेपाल फुटबल संघको चुनावी साधारणसभा सुरु

६ असार २०७९, सोमबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा तथा बन्दसत्र सम्पन्न भएको छ । बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेको साधारणसभा सम्पन्न भएको हो ।
अहिले चियापान र ब्रेक चलिरहेको छ । लगत्तै नयाँ पदाधिकारी चयनका लागि चुनावी प्रक्रिया सुरु हुनेछ । एन्फा अध्यक्षका लागि निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।
साधारणसभामा विभिन्न जिल्ला तथा क्षेत्रबाट गरी १०४ प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment