वामदेव गौतमले घोषणा गरे नयाँ पार्टी

१४ असार २०७९, मंगलवार

काठमाडौं । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक नयाँ पार्टी घोषणा गर्दै पार्टीमा ७५ सदस्यीय केन्द्रीय सदस्यलाई समेटिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन हुनुअघिको नेकपालाई पुनर्जीवित गर्नका लागि उनले राष्ट्रिय अभियानै चलाएका थिए । तर, उक्त अभियानले पार्टी एक नभएपछि बाध्य भएर गौतमले नयाँ दल घोषणा गरेका छन् ।
घोषणा भएको दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय सदस्य बनेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment