सहारा नेपाल साकोसद्वारा सुडान घासको विउ वितरण, साथै एटीएम बारे जानकारी


इलाम, २१ जेष्ठः  सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र  इलामले  सुडान घाँसको विउ वितरण गरेको छ । एक कार्यक्रमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका ३० जना सदस्यहरुलाई सुडान घासको विउ समेत निशुल्क वितरण गरेको हो  ।

त्यसतै आफनो सेवाकेन्द्र मातहतमा सञ्चालित विभिन्न सहारा महिला समूहका ३० जना महिला दिदिवहिनीहरुलाई समेटि वर्तमान अवस्थामा समूहहरुमा देखापरेका विभिन्न प्रकृतीका समस्याहरु साथै विगतको कोभिडको कारणले  व्यक्तिको जिवनशैलीमा आएको परिवर्तन, राज्य आत्मनिर्भर नहुदा आयातित सामानको भर पर्नुपर्दा परेका कठिनाइहरु व्यवसायमा देखापरेका समस्याबारे पुन ताजकिकरण कार्यक्रम पनि समापन गरेको छ ।

कार्यक्रममा संस्थाका वस्तु तथा सेवाहरु,सहकारी विभागले ०७७फाल्गुणमा सहकारी संस्थाहरुका लागि जारी गरेको निर्देशनको पालनामा सदस्यको भूमिका, सहकारी र अरु संस्थाहरुमा भिन्नता बारे पनि जानकारी गराईएको थियो । 

संस्थामा आबद्ध सदस्ले प्राप्त गर्ने सुविधा, क्रमिक वचत, मोबाइल बैकिंग तथा संस्थाले आफ्ना सदस्यहरुको सुविधाका लागि हालसालै सञ्चालनमा ल्याएको एटिएम लगायतका विषयमा सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले सहजिकरण गर्नुभएको थियो । उक्त एटिएम कार्ड हाललाई निशुल्क रुपमा वितरण गर्न थालिएको हुदा सबै सदस्यहरुले उक्त सुविधाको उपभोग गर्न समेत  अनुरोध अनुरोध गर्नुभएको थियो । साधै कार्ड एस.सी.टी नेटवर्कबाट सञ्चालन हुने पनि जानकारी गराउनु भयो । 

उपस्थित सम्पूर्णको सामूहिक सभापतित्वमा सम्पन्न कार्यक्रमको व्यवस्थापन सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु सम्झना गुरुङ, अनुप रिजाल र सरस्वती कार्किले गर्नुभएको थियो । 

संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यलय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्रबाट सञ्चालित विभिन्न समूहमा आबद्ध सदस्यहरु लाई संस्थाले विगतदेखि नै यस्तो प्रकृतीको कार्यक्रम सञ्चालन गर्दे आइरहेको साथै बेलाबखत आफ्ना सदस्यहरु लाई गतमा जै घास तथा यसपाली यो सुडान घाँसको विउ वितरण गरेको इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत तोयानाथ आचार्यले वताउनुभयो । 

संस्थाले आफ्ना सदस्यहरुप्रति दर्शाएको यो सेवा भाव वर्तमान सहकारी विभागबाट जारी निर्देशनको पालनामा स्वयं सदस्यको भूमिका कतिको महत्वपूर्ण हुदोरहेछ भन्ने बुझाई विकाश, हामीलाई  विउ उपलब्ध गराएर उत्पादन गरि आगामि दिनमा आफ्नो समूहको क्षेत्रमा हामीबाट नै विउ वितरण गर्ने वातावरण निर्माण काम गर्ने सहभागिते वताएको थिए । उनीहरुले  यस्ता कार्यक्रमहरु संस्थाले सञ्चालन गरि आफ्ना सदस्यहरु लाई लाभ प्रदान गर्न सकोस भन्दै विभिन्न स.म.स. का प्रतिनिधिहरु क्रमश संगिता खड्गी,मेनुका गुरुङ लगायतले आफ्नो धारणा राख्नुभएको इलाम सेवा केन्द्रका प्रमुख केपी लुईटेलले वताए  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment