इलाममा २८ गते देखि ३ दिने मोतियाविन्दुको शल्याक्रिया सहितको निःशुल्क आँखा शिविर


इलाम, २५ जेष्ठः इलाममा  आँखाका रोगिहरुको लागि निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ । नेपाल नेत्रज्याती संघ इलाम शाखाको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रमको सहयोगमा इलाम सदरमुकाममा मोतिया विन्दुको शल्याक्रिया सहितको आँखा शिविर संञ्चालन हुने भएको हो । 

जेष्ठ २८ गते देखि तीन दिन सम्म सञ्चालन हुने शिविर जिल्ला समन्यव समितिको नयाँ भवन (कोभिड अस्पताल)मा सञ्चालन हुने नेपाल नेत्रज्योती संघ इलामका सचिव विष्णु कार्कीले वताए । आखा शिविरमा सामान्य आँखाको जाँच देखि शल्याक्रिया समेत हुने र जटिल किसिमका आँखाको रोगिहरुको थप उपचारको लागि विराटनगर आँखा अस्पतालमा उपचारको लागि लगिने समेत कार्कीले वताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment