रेस्टुरेन्टमा युवतीलाई बलात्कार गरेको अभियोगमा २० वर्षीय वेटर पक्राउ

२४ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–६ का २० वर्षीय जीवन फुयाँल खत्री पक्राउ परेका छन् । जीवन फुयाँल उक्त रेस्टुरेन्टमा वेटरको रुपमा काम गर्दै आएका थिए ।
काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार पीडित युवतीले दिएकी जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरिएको हो । फुयाँललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सोमबार राति साढे ११ बजे उक्त रेस्टुरेन्टमा इन्टर्नसीप गरिरहेकी युवतीमाथि बलात्कार भएको जानकारी पाएसँगै प्रहरी वृत्त, दरबारमार्गबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।
घटना भएको दिन रेस्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो । सोही अवसरमार फुयाँलले युवतीको ‘कोल्ड ड्रिंकमा’मदिरा मिसाई लठ्ठाएर बलात्कार गरेको अभियोग छ ।
अहिले फुयाँलविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment