- गोबिन्द पौडेल
रोङ, ७ असारः गएराती परेको चट्याङले रोङ ५ को वडाकार्यलको बिद्य्तीय उपकरण नस्ट पारेको छ भने वडानं ६को ग्रामिण सडकहरु जिर्ण बनाएको छ ।
चट्याङको कारण वडानं ५ को वडा कार्यलय र अस्थाइ कोभिड अस्पतालको भवनमा रहेको वेरिङ, मिटर, कम्प्यूटर, फ्रिजलगायतको सबै सामाग्री नस्ट बनाएपछि वडाबाट प्रदान गरिने सबै सेवा ठप्प भएको वडा नं ५ का वडाध्यक्ष दल बहादुर पूलामीले बताए ।
प्रबिधिकबाट मुल्याङ्कन गराउनुपर्ने भएको कारण कतिमुल्य बराबरको क्षतिभयो भनने मुल्याङ्कन गर्न बाकी रहेको पूलामीले बताए । यता सोहि दिन परेको अबिरल बर्षले रोङ ६को ग्रामिण सडकहरुमा नराम्ररी क्षति पुर्याएको छ ।
बर्षाले रम्भ्याङ्गको स्कुलडाँडा, बरबोटे बरडाडा, आलेढङ्गुा सिमधारा बरडाँडा सडकको बिधिन्न स्थानमाक्षति गरेको कारण यहाका किसानहरुले उत्पादन गरेको हपरियो चिया तरकारी र दुध बेच्न सकिएको छैन ।
यस बारेमा रोङगाउपालिका वडा नं ६को पहलमा वडा सदस्य जीवन राइले अनुगमन गरेको र दर्जना स्थानमा सडक भत्किएको पाइएको बताए । क्षतिको बिबरण वडामा बुझाएर निमार्ण मर्मतको पहल गरिने पनि सदस्य राइले बताए । यता डेढ महिना अघि नै ढुङ्गा झरेर अवरुद्ध रहेको जौवारी जिर्मले सडक अझै खुल्न सकेको छैन । उक्त सडको लामागाउ नजिकै सडकका ढुङ्गा झरेर अवरोध रहेकोमा आवश्यक उपकरण नजुटेको कारण सडक खुल्न नसकेको वडा कार्यलयले बताएको छ । सडक संचालनमा नआउदा आफुहरुको दैनिकि कस्टकर बन्दै गएको लामागाउका मन बहादुर तामाङ्गले बताए ।
0 comments:
Post a Comment