इलाम, १५ असारः इलाम र झापाको सिमा रहेको रोङ ५ को बहुवनमा अस्थाई प्रहरी चौकि स्थापना भएको छ ।
सिमावर्ती रहेको बहुवनमा वन तस्करी बन्यजन्तुको चोरी शिकार र बिभिन्न आपरिधिक गतिबिधि बढ्दै जादा नागरिकले असुरक्षा महसुस गर्दै लामो समयदेखि प्रहरी चौकिको माग गरिरहेकोमा मंगलबार अस्थाई प्रहरी चौकि स्थापना भएपछि नागरिकहरुले सुरक्षाको प्रत्याभुत हुने बिश्वास लिएको स्थानिय असिम खतिवडाले बताए ।
तत्काललाई एक भाडाको घरमा रहने गरि स्थापित प्रहरी चौकिको उद्घाटन रोङ गाउपालिका वडा न ५ का वडा अध्यक्ष दलबहादुर पुलामीको अध्यक्षता ,रोङ गाउपालिकाको अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता र गाउपालिकाको उपाध्यक्ष बिस्नुमाया भुजेलको बिशेष आतिथ्यतामा भएको थियो ।

0 comments:
Post a Comment