झण्डीलाई सजाउन स्थानियकाे प्रयास

गोविन्द पौडेल 


राेङ,  इलामकाे पर्यटनकाे नया गन्तब्य झण्डीडाडालाई सुन्दर बनाउन स्थानिय बासीहरु सकृय बनेका छन् ।

राेङगाउपालिका वडा न ६ मा रहेकाे झण्डीडाडाले पर्यटकहरुकाे मन जित्न थालेपछि राेङ गाउपालिकाे सहयाेगमा धरहरा,बिश्राम घर सिडि र रेलिङ बनेपछि त्यसलाई सजाउन स्थानिय बासीहरुले डाडा र अासपासमा सरसफाई सहित  फुल राेपेर  अझ सुन्दर बनाउने प्रयास गरेका छन् । मंगलबार स्थानिय युवा तथा शिक्षक रुद्र प्रधान,ठाकुर प्रधान ,कर्णमाया पकुवाल सहित स्थानिय साेम चाम्लिङ,डम्वर राई,सन्जिव नाछिरिङ राई,सुस्मिता राइ लगायतका युवाहरुले करिव १ सय पचास वटाजति फुलका बिरुवाहरु राेपेका छन् ।

आगामी   दिनमा घुम्न आउने पर्यटकहरुले ढकमक्क फुल देखुन जसले पर्यटकहरुकाे मन लाेभ्याअाेस र झण्डीले आकर्षण  बढाओस भनेर फुल राेपिएकाे अभियान्ता रुद्र प्रधानले बताए ।गाउपालिकाे मेहनत र युवाहरुकाे सकृयताले झण्डीडाडा थप मनमाेहक बन्दै गएकाे बिर्तामाेडबाट घुम्न आएका शान्तिराम पाेखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment