झापामा बोलेरोको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

 3  श्रावण २०७९


झापा, बोलेरो गाडीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- १ निवासी २० वर्षीय सबिन विष्टको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
गत असार २९ गते मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका- १ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३४०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक विष्ट र सोही मोटरसाइकल पछाडि सवार अर्जुनधारा नगरपालिका- ११ निवासी २० वर्षीय सन्दीप राजवंशी घाइते भएका थिए । घाइते राजवंशीको बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।
यता प्रहरीले बोलेरो गाडी र चालक इलाम नगरपालिका- ५ निवासी ३२ वर्षीय सूर्य अधिकारी नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment