इलामकाे माईमा ३५ दिने हाउस वाईरिङ्ग तालिम सम्पन्न


माई, २६  असारः नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय समिति माई नगरपालिकाको आयोजनामा ३५ दिने हाउस वाईरिङ्ग तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
माई नगरपालिकाको सहयोगमा सञ्चालित तालिम समापन कार्यक्रममा प्रमुख अतिथी उपमेयर हिमा भण्डारीले अधिकार प्राप्त गर्न हिम्मत रआँटका साथअघि बढ्दै ब्याक्ति, धर्म र संस्कृतिको संरक्षणमा अगाडी बढ्न आग्रह गर्नुभएको छ। वहाँले माई नगरपालिकाको सम्वृद्धिका लागि सबै जाति, धर्म र सम्प्रदाय एक हुनु आवश्यक रहेको बताउनुभयो।
विशेष अतिथि आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष अभिषेक एक्तेनले अनेकतामा एकता खोज्ने हामी समानताको हक अधिकारमा कृयाशिल रहने गरेको बताउदै माई नगरपालिकामा ९० प्रतिशत जनजाति जनप्रतिनिधि निर्बाचित भएको भएपनि कार्यक्रममा सहभागिता नजनाउनु दुखद भएको वताउनु भयो। वहाँले जनजातिको मतले निर्वाचित हुने अनि जनजातिको कार्यक्रममा सहभागीता नरहने जनप्रतिनिधिलाई जनताले आगामी निर्वाचनमा हिसाबकिताब गर्ने धारणा राख्नु भएको थियो।
अर्का विशेष अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य भक्त बहादुर लुङ्गेलीले जनजातिहरुलाई अरुले पछी नपारेको भन्दै आफ्नै कृयाकलाप र पिछडापन सोचका कारण पछी पर्दै गएको जानकारी दिनुभयो। वहाँले सिप सिकेर मात्र नहुने भन्दै सिपलाई सदुपयोग गर्दै आयमूलक कृयाकलापमा बदल्न प्रशिक्षार्थीहरुलाई सुझाव दिनुभयो । गरुवा वहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका लुङ्गेलीले जनजाति लगायत गरुवा बहुमुखी क्याम्पसमा बिद्यार्थीलाई परेका समस्याका वारेमा जानकारी गराउने मन हुँदा हुँदै मेयर लगायतका जनप्रतिनिधि नभएकोले पिडा सुनाउन नपाएको दुखेसो पोख्नुभयो।
माई-७ का वडाध्यक्ष बुद्धि प्रसाद खनालले माईमा आफु अल्पसंख्यक जनप्रतिनिधि भएको भन्दै ६८ प्रतिशत जनजाति रहेको माईमा जनजाति सचेतना र समापन कार्यक्रममा जनजातिकै प्रतिनिधित्व कम भएकोमा दुःख व्यक्त गर्नुभयो। वहाँले हाउस वाईरिङ्ग तालिम महासंघले दिएर युवाहरूलाई स्वरोजगार बनाउने कार्य गरेकोमा प्रशंसा ब्यक्त गर्नु भएको थियो।
माई नगरपालिकाको ४ लाख सहयोग रहेको तालिम तथा सचेतना समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतम, वडा नम्बर- १० का वडाध्यक्ष गणेश राई, पत्रकार विमल दहाल, बुद्धराज योङ्गहाङ‌ग, हरि असिम, किरात राई यायोक्खाका राम राई, किरात याक्थुङ चुम्लुङका एन्जेस एक्तेन, नेपाल मगर संघका लक्ष्मण आल, प्रशिक्षार्थी श्याम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।
राईहरुको साकेला, मगरको हुर्रा नाच लगायतको साँस्कृतिक कार्यक्रम समेत रहेको समापन कार्यक्रममा स्थानीय ११ जातिय संस्थाका २० जनाले तालिमसफलताको प्रमाण पत्र प्राप्त गरेका थिए। सहजकर्ता टिकाराज तिम्सिना र टिका आचार्यले सहजीकरण गर्नुभएको तालिम गरुवा वहुमुखी क्याम्पसको हल र रेडक्रस सोसाइटी दानाबारी उपशाखाको हलमा सम्पन्न भएको थियो।
जनजाति महासंघ नगर समन्वय परिषद माईका अध्यक्षता सेतु तामाङ अध्यक्षता, सचिव अर्जुन मगरको सञ्चालन र कोषाध्यक्ष कल्पना फागोको स्वागतमा तालिम समापन भएको थियो । जनजाति महासंघले माई नगरपालिकाको सहयोगमा हरेक वर्ष विभिन्न सीपमूलक तथा क्षामतामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment