झापामा ट्याक्टरकाे ठक्करबाट एक महिलाकाे मृत्यु


झापा,२५ असारः झापाको कन्काई नगरपालिका–३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका–३ की ३४ बर्षीया कमला नेपालको टाउँकोमा चोट लागि घाईते भएकोमा उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
नेपालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र चालक कन्काई नगरपालिका–७ बस्ने २४ बर्षीय यतुवा मर्डीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको बताइएबो छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment