- गोविन्द पौडेल
रोङ, १८ असारः अति कस्टकर बनेको हर्कटे तारगाउ जिर्मले सडकको मर्मत कार्य शनिबारबाट शुरु भएको छ । बर्षको कारण हिलाम्बे बनेर यातायातको साधनलाइ मात्रै हैन मानिसको आवात जावतको लागि समेत अति कस्टकर बनेको सडकको अवस्थाको बारेमा सामाजिक संजालमा चित्रण भएपछि रोङ ६ रम्भ्याङ्गका समाजसेबी केशर प्रधानको सक्रियतामा रोङ गाउपालिका र सूर्योदय नगरपालिकाको ध्ययानाकर्षण गाराईको थियो ।
बाटो मर्मतको लागि सहयोग माग गरेकोमा रोङ गाउपालि र सूर्योदयन गरपालिकाले सहयोग गर्ने प्रतिबद्धता सहित पूर्वाधार बिकास डिभिजन प्रदेश नं १ मा आवश्यक पहल गरेपछि रोङ गापालिकाको चारलाख , सूर्योदय नगरपालिकाको ५ लाख र पूर्वाधार बिकास डिभिजनको ६ लाख गरि कूल १५ लाखको लगानीमा सडकको जिर्णद्धार कार्य थालिएको रोङ गाउपालिकाको अध्यक्ष मनिकुमार स्याङ्गबोले बताए ।
अति जिर्ण बनेको सडकको प्राबिधिक अध्ययन गरि बिभिन्न स्थानहरुको हिलो सोर्ने , नाली बनाउने, ढुङ्गा छापेर गिटी बिछ्याउने कार्ययोजना अनुसार शनिबारबाट हिलो काट्ने काम थालिएको केशर प्रधानले बताए । सडकको करिव आधा दर्जन जति स्थानमा अति नै संबेदन शिल अवस्था रहेको र पहिलो चरणमा हिलो सोरेर सवारीका साधनलाइ सहज गराउने प्रयास थालिएको प्रधानको भनाइ रहेको छ ।
मुख्यमन्त्री ग्रामिण सडकमा पर्ने उक्त सडक सूर्योेदय नगरपालिका र रोङ गाउपालिकाको हर्कटे बजार, तारगाउ, रोङ ६ को रम्भ्याङ्ग, सलकपूर जौवारी निन्दा हुदै काकडभिट्टासम्म आवात जाव गरिने गरेको छ । सडक जिर्ण हुदा यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरु तरकारी चिया दुध बजारसम्म पुर्याउनका साथै दैनिक उपभोगका सामाग्रीहरु आयातको लागि समेत नागरिकहरुलाइ सास्ती परेको थियो ।

0 comments:
Post a Comment