उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु

२० असार २०७९, सोमबार

नयाँ दिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ ।
केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले बताएका छन् । बसभित्र थप घाइतेहरू फेला पर्नसक्ने आशामा उद्धार कार्य जारी राखिएको पनि बताइएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै दुर्घटना ‘हृदयविदारक’ भएको ट्वीट गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment