कपनको आकाशेधारामा एक महिलाको शव भेटियो

२० असार २०७९, सोमबार


काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारामा एक महिलाको शव फेला पारिएको छ । प्रहरीका अनुसार आकाशेधारास्थित कोठाको खाटमा लडिरहेको अवस्थामा करिब ३४/३५ वर्षीया महिलाको शव भेटिएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । उक्त कोठामा मृतक महिलका एक छोरा पनि रहेका छन् ।
सुस्त श्रवण भएका उनी बोल्न नसक्ने बताइएको छ । अहिले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment