रोङको पाटापुरलाइ जलबायु अनुकुलित गाउँ निमार्णको लागि संझौता


रोङ, २० असारः रोङ गापालिका वडा नं ६ को पाटापुरलाइ जलबायु अनुकुलनताको नमुना गाउ बनाउन बिदेशी संस्थासग संझौता भएको छ ।

 जलबायु परिवर्तनको कारण बिश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलबायुको अनुकुलताकौ अवस्थामा स्थानिनय नागरिकहरुको आर्थिक र सामाजिक अवस्था सुधार गर्न नामसालिङ्ग सामुदायिक बिकास केन्द्र एन सि डि सि को समन्यवयमा  क्यानडाको भारतिय उच्च आयोग स्थानिय बिकास कोषको सहयोगमा चालु बर्षमा  बैदेशिक सहयोगमा कार्यक्रम संचानन गर्ने ५० हजार डलर   खर्च गर्ने गरि रोङ गापालिका र नामसालिङ्ग सामुदायिक बिकास केन्द्रसग संझौता भएको हो ।

संझौताको कार्ययोजना अनुसार जलबायु अनुकुलन गाउ निमार्ण गर्न कृषक समुह गठन र दर्ता गर्ने तथा क्षमता अभिबृद्धि बिभिन्न प्रबिधि हस्तानतरण, कृषिमा यन्त्रिकरण र उत्पादनमा बृद्धि सिचाइ सुबिधा ,बजारीकरण ,स्थानिय स्तरमा खानेपानी श्रोतको संरक्षण  गुणस्तर मापन तथा सचेतना अभिबृद्धि सुधारीएको चुलो प्रवर्धनात्मक कार्यक्रम  संचालन गरिने  रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । एक बर्षको लागि संचालिन हुन लागेको परियोजना २०७९ चैत्र १६मा सकिने र कार्यप्रगतिको आधारमा योजना बिस्तार र थप गर्न सकिने भएको छ ।  इलामको सुदुर पूर्वमा रहेको रोङ ६ मा अवस्थित पाटापूर  भारत र झापासग जोडिएको एउटा बिकट र पछाडी परेको गाउ हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment