झापामा आगलागीबाट ६ घर जलेर नष्ट

४ श्रावण २०७९, बुधबार

झापा  । झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment