५ श्रावण २०७९, बिहीबार
काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको गरेको आरोप लागेका जनार्दन शर्मा संसदीय विशेष छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् ।
समितिको बुधबार बसको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई आज (बिहीबार) बयानको लागि बोलाएको थियो । आज समितिको बैठक सुरु भएसँगै
पूर्वअर्थमन्त्री शर्मा सिंहदरबार पुगेका हुन । उनी पनि समितिको बैठकमा सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् ।
बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो । त्यस्तै बुधबार नै अर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल गरेको थियो ।
शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गरेको आरोप लागेको छ ।
उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ ।
समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

0 comments:
Post a Comment