झापामा ब्राउन सुगर सहित भारत दार्जेलिङका अनुप प्रधान पक्राउ

२७ असार २०७९, सोमबार 


झापा। झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन् ।
काँकरभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment