इलामको रोङमा विद्यालय भवनको शिलन्यास


रोङ, २९ असारः इलामको रोङ ६ स्थित सरस्वती माध्यामिक विद्यालयको नवनिर्मित चारकोठे भवनको सोमबार शिलन्यास गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माणाधिन दुईतले चारकोठे भवनको रोङ गाउपालिका वडा न ६ का अध्यक्ष समेत रहेका सामाजिक बिकास समितिका सयोजक सत्यम राई चौरासेले बैदिक बिधिका साथ शिलन्यास गरेका हुन  । 
राष्ट्रपति शैक्षिक सुधार योजना अनुसार ३६ लाख अनुदान प्राप्त हुनेगरि रोङ गाउपालिकामा तिनवटा भवन बन्ने भएको छ ।रोङ ६ को सरस्वती  माध्यामिक विद्यालय,  मोतिराम माध्यमिक विद्यालय र ,रोङ  ४को सरस्वती  माध्यमिक विद्यालय भालुझोडामा चारकोठे र रोङ २ को शशि माध्याकि विद्यालयमा र रोङ ३ को शेकर आधारभुत बिद्यालयमा १८ लाखको लागतमा दुईकोठे भवन बन्ने भएको छ ।
चारकोठे भवनको लागि नपुग रकम २८ लाख५० हजार रकम गाउपालिकाले ब्यवस्थापन गरेको रोङ गाउपालिकाको प्रमुखप्रसासकिय अधिकृत दिपेन्द्र दहालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment