किरण लिम्बु,
खाँदबारी नगरपालिकाले १०० दिनकाे उपलब्धि सार्वजनिक गरेकाे छ । आईतबार नगरपालिककाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि नयाँ जनप्रतिनीधिहरुकाे आगमन पश्चातकाे ४८ उपलब्धिहरु सार्वजनिक गरेकाे हाे ।
नगर प्रमुख महेश थपलियाले १०० दिनकाे उपलब्धिहरु सार्वजनिक गर्दै सुरुवातिदेखि नै जनमुखी र दिगाे विकासलाई लक्षित गरि काम सुरु गरिएकाे बताएका छन् । साना भन्दा साना ब्यवसायीहरुकाे हितका लागि हाटकर मिनाहादेखि भाैतिक पुर्वाधारमा गरिएकाे लगानीहरुलाई नगरपालिकाले सय दिनकाे उपलब्धिकाे रुपमा राखेकाे नगर प्रमुख थपलियाले जानकारी दिए । उनले समृद्ध नगरपालिका निर्माणका लागि सबै ऐक्यवद्ध हुनु पर्ने बताए । विभिन्न राजनैतिक दलका प्रतिनिधी तथा सरोकारवालाहरुले सुझाव समेत दिएका छन् ।
0 comments:
Post a Comment