इलामको रोङमा ६३ लाखको लागतमा बन्यो मिनि कर्वड हल

 गोबिन्द पौडेल


इलाम, २२ भदौँः  इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकिय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वरभूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संसदिय बिकासकोष इलाम क्षेत्र नं १ को 30 लाख प्रदेश नम्बर १ पर्यटन पूवात्रार मान्त्रालयको ८ लाख सहित ६३ लाखको लागतमा निमार्ण भएपछि खेल प्रेमीहरुको लागि उत्साहमात्रै थपेको छैन अन्तराष्ट्रिय स्तरको मापदण्डमा स्थानीय स्थरमा नै खेलको प्रशिक्षण गर्न र गराउन सकिने भएपछि इलामे खेलको स्तरबृद्धिमा सहयोगी बन्ने अपेक्षा रहेको छ ।
कर्वडहलमा मार्सलआर्ट ब्याटमिन्टन टेवलटेनिस लगायतको खेलहरुको प्रशिक्षण हुन सक्ने अपेक्षको साथ रोङकै गौरवको योजना उक्त कर्वडमा शौचालय र चेन्जिङ रुमको समेत निमाण सकिएको रोङ ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।
रोङ खेलकुदको लागि उर्वर नै रहेको  छ । यहाँका खेलाडीहरुले देश बिदेशमा गएर खेली सकेका भएपनि आफ्नो ठाउमा सुबिधा सम्पन्न प्रशिक्षण स्थल बनाउने लामो प्रयास आंशिक रुपमा पूरा भएको रोङ खेलकुद बिकासका संयोजक बिर्ख सुुब्बा बिक्कीको भनाइ रहेको छ । २०४५ सालदेखी निरन्तर  कराते खेलको साधनामा लागेर अन्राष्ट्रिय रेफ्रि समेत बनेका योगेस चाम्लिङ आफ्नो लामो योजना पुरा भएको बताउनुहुन्छ । 
कर्वड हल त बन्यो तर थुुप्रै आवश्यक्ताहरुको खाचो रहेको छ । घेरावारा पार्क खेल अभ्यासका आधुनिक सामाग्रीहरु, खेल अभ्यासका ऐना, म्याट लगायतको सामाग्रीहरु अभाव भएपनि आफुनिरन्तर रुपमा आवश्यक सामाग्रीहरुको जोहो गर्न लागेको र आगामी सिजनमा  प्रथम अन्तराष्ट्रिय आमन्त्रित प्रतियोगीता संचालन गर्न लागि परेकोले सबैको साथ र सहयोग चाहिएको चाम्लिङले बताए ।
कर्वड हलले खेलअभ्यास मात्रै हैन पर्यटन बिकासलाइ पनि सहयोग गर्ने छ । पाटी सेमिनार सभा र सम्मेलन पनि हलमा गर्न सकिने, राम्रो हावापानी शान्त बातावरण रहेको ठाउँमा राष्ट्रिय र अन्तराष्ट्रिय खेलअभ्यास हुने संभावना प्रचुर रहेको चाम्लिङ्गले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment