संविधान दिवसमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता



फिक्कल । संविधान दिवसको उपलक्ष्यमा इलामको सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता हुने भएको छ । सूर्योदय नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनमा असोज ३ गते प्रतियोगिता हुने भएको हो । विहान १० बजेबाट शुरु हुने कन्याम देखि फिक्कल सम्म दौड प्रतियोगिता आयोजना गरिएको शाखाका प्राविधिक नविन पौडेलले जानकारी दिए ।
महिला र पुरुषका विभिन्न ६ विधामा दौड हुनेछ । महिला तर्फ खुल्ला दौड हुनेछ । पुरुष तर्र्फ २० बर्ष भन्दा कम उमेर समुह, २१ देखि ३० बर्ष उमेर समुह, ३१ देखि ४० बर्ष उमेर समुहमा हुँदैछ । भेट्रानमा ४१ देखि ५० बर्ष र ५० बर्ष भन्दा माथिको दौड हुनेछ ।
सहभागी हुन चाहने महिला तथा पुरुष खेलाडीहरुले असोज २ गते दिनको ३ बजेसम्ममा नागरिकताको प्रतिलिपी वा जन्म मिति खुल्ने कागजात सहित आयोजकसंग सम्पर्क गर्न अनुरोध गरिएको छ । हरेक विधाका उत्कृष्टलाई नगद पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराइनेछ । नगरले विगत ३ बर्षबाट संविधान दिवसको अवसरमा कन्याम देखि फिक्कलसम्म दौड आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment