इलाम, २३ असोजः इलाममा सत्ता गठबन्धनले उम्मेद्वारको टुंगो लागाएको छ । इलाममको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेकपा एकिकृत समाजवादीका झलनाथ खनाललाई उम्मेद्वार बनाएको छ भने प्रदेशसभा १(क)मा नेकपा एकिकृत समाजवादीकी खिनु लुङवा र प्रदेशसभा १(ख) मा नेपाली कांग्रेसका समशेर राईलाई उम्मेद्वार बनाएको छ ।
यस्तै इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कालाई उम्मेद्वार बनाएको छ भने प्रदेशसभा २(क) मा नेपाली कांग्रेसका गोविन्द गिरी र प्रदेश सभा २(ख)मा नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई उम्मेद्वार बनाएको छ ।
0 comments:
Post a Comment