इलाममा बाम लोकतान्त्रिक गठबन्धनको निर्णय विरुद्ध उमेद्धवारी दिने प्रस्ताव गर्ने तथा समर्थन गर्र्नलाई उम्मेदवारी फिर्ता लिएर निर्वाचन गतिविधिमा सहभागी हुन् आग्रह गरिएको छ । गठबन्धन दलका सभापति एवम अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धन कार्यान्वयनका लागि कार्यकर्ताहरुलाई अपिल गरिएको हो ।
नेपाली कांग्रेस सभापति डम्बर खड्का, माओवादी केन्द्रका संयोजक विजय खम्बु र एकिकृत समाजवादी अध्यक्ष भक्त केसीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘अग्रगमनका पक्षधर लोकतान्त्रिक–बाम गठबन्धनका उमेदवारलाई विजय गराउन महत्वपुर्ण भुमिका खेल्नुहुने विश्वास व्यक्त गर्दै पार्टी अनुशासनलाई कडाई पुर्वक कार्यन्वयन गरी गठबन्धनका साझा उमेदवार विरुद्ध कुनै पनि किसिमका गतिविधि एवं टिका टिप्पणीमा नर्गन नगराउन हुन सम्बन्धित नेता तथा कार्यकर्ताहरुमा विषेश ध्यानाकर्षण गराउन चाहन्छौं ।’
गठबन्धनले मंसिर ४ गते पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षामा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उमेदवारहरु संघीय निर्वाचन क्षेत्र नं १ इलाममा नेकपा एककित समाजवादी) पार्टीका झलनाथ खनाललाई कलम निर्वाचन चिन्हमा प्रदेश निर्वाचन क्षेत्र नं १(क) इलाममा नेकपा (एकूकित समाजवादी पार्टीका खिनु लङवा लिम्बुलाई कलम निर्वाचन चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नं १(ख) इलाममा नेपाली कांग्रेस पार्टीका शम्सेर राईलाई रुख निर्वाचन चिन्हमा मत दिन आग्रह गरेको छ ।
त्यसैगरी संघीय निर्वाचन क्षेत्र न –२ इलाममा नेपाली कांग्रेसका डम्बर बहादुर खडकालाई रुख निर्वाचन चिन्हमा, प्रदेश निर्वाचन क्षेत्र नं २ (क) इलाममा नेपाली कांग्रेसका गोविन्द गिरीलाई रुख निर्वाचन चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नं २(ख) इलाममा नेकपा (माओवादी केन्द्र) पार्टीका हर्क बहादुर लावती (कान्छा) लाई गोलाकार भित्रको हंसिया हथौडा निर्वाचन चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन अपिल गरेको छ ।
समानुपातिक तर्फ आ–आफनो राजनैतिक दलको निर्वाचन चिन्हमा मतदान गर्न समेत गठबन्धनले अपिल गरेको छ ।
0 comments:
Post a Comment