पानीटार बडादशैं कप फुटबलः इस्ट इलाम र गुन्मुने उपाधिको लागि भिड्ने

  • बिमल अधिकारी
देउमाई १८ असोजः ३८औँ पानीटार बडादशैँ कप फुटबलको उपाधिको लागि इस्ट इलाम र गुन्मुने एक आपसमा भिड्ने भएका छन् । सोमबार भएको  सेमिफाइनल खेलमा इस्ट इलामले दुईका बिरुद्द पाँच गोल गर्दै नागी फुटबल क्लबलाई पराजित गरि फाइनलमा प्रबेश गरेको छ। यस खेलमा इस्ट इलामका  प्रशान्त लिम्बू उत्कृष्ट खेलाडी घोषित भएका छन। यस्तै सेमि फाइनलकै दोस्रो खेलमा गुन्मुने फुटबल क्लबले फत्तेजुङ्ग फुटबल क्लबलाई शुन्यका बिरुद्द दुई गोल गर्दै फाइनलमा प्रबेश गरेको छ। आगामी उन्नाईस गते बडादशैँको दिन गुन्मुने फुटबल क्लब र इस्ट इलाम बिच फाइनल खेल हुनेछ।            
सामुदायिक बिकास समाज पानीटारको आयोजनामा पानीटार खेल मैदानमा हुँदै गरेको फुटबल यसपटक असोज ८ गतेबाट सञ्चालन भई रहेको छ। प्रतियोगितामा बिजेता टिमले नगद  पचास हजार तथा उपबिजेताले नगद  तीस हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउने छन भने उत्कृष्ट खेलाडी, तथा सर्बाधिक गोलकर्ताले समेत पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन। 
नेपाल आइसको प्रयोजन रहेको खेलको फाइनल भने असोज १९ गते बिजयादशमिको दिन हुनेछ जस्को प्रत्यक्ष प्रसारण माइपोखरी न्युजबाट हुने छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment