इलामकाे माइजाेगमाइमा रहेकाे पर्यटकीय थुम्केरानी पाेखरीमा डुबेर इलाम पुवामझुवाका साइदकाे मृत्युु


इलाम, ७ कार्तिकः  इलामको माईजोगमाइ गाउपालिकाको पर्यटकीय क्षेत्र थुम्केरानीमा गत साल निर्माण भएको पोखरीमा एक बालकको पौडी खेल्ने क्रममा  डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका वडा नं ३ पुवामझुवा घर भइ माईजोगमाई १ नयाबजार मावली बस्दै आएका साइद गुरुङ्ग रहेको प्रहरीले जनाएको छ ।आइतबार दिउँसो करिब १ बजेबाट हराइरहेका उक्त बालकको खोजी गर्ने क्रममा थुम्के स्थित पोखरी बाहिर कपडा देखेपछी पोखरीमा पसेको आशंकामा खोजी गर्ने क्रममा पोखरी भित्र हिलोमा शव भेटिएको हो । 
एक जना साथी सग घुम्न जाने क्रममा थुम्के पुगेका उक्त १४ बर्षिय बालक पोखरीमा पौडी खेल्न पसेको पोखरीबाट ननिस्किए पछि उस्को साथिले प्रहरीलाई खबर गरेका थिए। करिब १ बजेबाट हराइरहेका उक्त बालकको शब राती ९ बजे प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले भेटेका थिए ।पोखरी भित्र हिलो गहिरो र पानीको मात्रा धेरै भएका कारण जेसिबिले पोखरीलाई भत्काएर हेर्दा राती ९ बजे बालकको शब भेटिएको हो । प्रहरीले शब पोष्टमार्टमका लागि इलाम अस्पताल ल्याएकाे  जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएकाे छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment