मंगलबार, २५ असोज, २०७९
इलाम : नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले इलामे जनताको शिर ठाडो हुने काम गरेको बताएका छन । आगामी मङ्सिर चारमा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता पश्चात् नेम्बाङले इलामे जनताको शिर उच्च राख्ने काम गरेको बताएका हुन । उनले जनताको सदभावनाका कारण इलामको मात्र जिम्मेवारी नभएर राष्ट्रिय जिम्मेवारी पाएको भन्दै आफूले पाएको जिम्मेवारीबाट इलामका जनताको शिर उच्च हुने काम गरेको बताए । इलामका जनताले दिएको आशिर्वादकै कारण संविधान निर्माण गर्ने मुख्य जिम्बेवारी पाएको भन्दै अझै पनि इलामका जनताको शिर ठाडै रहने गरीको काम गर्ने बताए ।
२०५६ साल देखि निर्वाचन लडिरहँदा इलामको क्षेत्र नं. २ को पहिलेको अवस्था र अहिलेको अवस्था कस्तो भएको छ भन्ने आफूले भन्न नपर्ने भन्दै जनताले थाहा पाइसकेको बताए । उनले अहिले पनि आफ्नो क्षेत्रमा ठुलठुला आयोजना सञ्चालन भइरहेको अबको दुई वर्षमा सबै आयोजना सम्पन्न भइसक्ने बताए । उनले राँके रवी सडकमा छ अर्वमा काम गर्न थालिएपनि ठेकेदारको लापरवाहिले गर्दा कामले गति लिन नसकेको बताए । नेम्बाङले म चुनाव लड्दै गर्दा इलाम क्षेत्र न २ कर्णाली भनेर भनिन्थ्यो तर अहिले कति काम भएको छ जनताले महशुस गरेको बताए ।
पत्रकारको प्रश्नको जवाफ दिँदै नेम्बाङले उम्मेदवार छनोटको काम सहमति वा विमतिको नभएको भन्द उम्मेदवार छान्न पार्टीलाई कुनै सकस नभएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै नेम्बाङले पार्टीका कतिपय नेता आफैंले इच्छा नगरेका कारण टिकट दिनु नपरेको पनि बताए । उनले पार्टीका कतिपय शीर्ष नेताले टिकट नपाउनुलाई ‘स्थानीयस्तरका पार्टी नेता–कार्यकर्ताको सुझावअनुसार’ निर्णय गरिएको प्रतिक्रिया दिए । ‘अष्टलक्ष्मी शाक्यले सचिवालयको बैठक बस्दा मेरैअगाडि अब म चुनावमा उठ्दिनँ, पार्टीको सेवा गर्छु भन्नुुभो तर उहाँलाई उठ्नुपर्छ भनिरहेका छौं,’ नेम्बाङले भने, ‘उदाहरणका लागि योगेश भट्टराई, गोकर्ण विष्ट, लेखराज भट्टले टिकट पाउनुभयो, कतिपय साथीहरूको हकमा उहाँहरू आफैंले इच्छा गर्नुभएन ।’ एमालेलाई उम्मेदवार छान्न सकस भयो भन्ने त भन्ने अहिलेसम्म सुनेकै पनि थिइनँ नेम्बाङले भने, ‘बरु, सत्ता गठबन्धनका साथीहरूलाई भएको सकस देख्दा पो एमालेलाई अप्ठ्यारो लागिरहेको छ ।’

0 comments:
Post a Comment