इलाम, २२ असोजः इलामको पशुपतिनगरमा सुन सफा गरी दिन्छु भन्दै ठगी गर्ने ब्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने भारत बिहार बोरबोई कतिहार सुल्तानपुर बजार बस्ने बर्ष ४९ को केशब साह रहेका छन ।
साहाले इलाम सूर्योदय नगरपालिका २ बौधधाम बस्ने कल्पना तामाङको सुनको सिक्री, चादीको चम्चा, कासको थाल सफा गरी दिन्छु भन्दै झुक्याएर ठगी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी गराए ।
इलाममा चार्ड पर्व नजिकिँदै गर्दा वर्सेनी यस्ता ठगहरु भारतबाट नेपाल भित्रिने गरेका छन् । सुन चाँदीका सामाग्री सफा गरेर चम्काईदिने वाहानमा उनीहरुले ठगि गर्ने गरेको पनि प्रहरीले जनाएको छ । साथै जिल्ला प्रहरी कार्यालयले यस्ता नचिनेका मानिसहरुबाट सहजक रहन पनि अनुरोध गरेको छ ।
0 comments:
Post a Comment