पानीटार बडदशैँ कप फुटबल: सेमिफाइनलमा इस्ट इलाम, फत्तेजुङ्ग, नागी र गुन्मुने

  • बिमल अधिकारी 

१५ असोज देउमाइः ३८औँ पानीटार बडादशैँ कप फुटबल अन्तर्गत क्वाटर फाइनलको आजको खेलमा नागी फुटबल क्लब ले ट्राइबेकरमा आयोजक लाई पराजित गर्दै सेमि फाइनल मा पुगेको  छ भने दोस्रो खेलमा गुन्मुने फुटबल क्लब ले योङ्ग बोइज नेपालटारलाइ एक का बिरुद्द तीन गोलगर्दै सेमि फाइनल मा प्रबेश गरेको छ।  सेमि फाइनल आगमी १७ गते हुनेछ। 
 सामुदायिक बिकास समाज पानीटारको आयोजनामा हुँदै गरेको फुटबल यसपटक असोज ८ गतेबाट सञ्चालन  भइरहेको छ।खेलमा  इलामका विभिन्न १६ वटा टिमको सहभागिता रहेको छ।    
प्रतियोगितामा बिजेता टिमले नगद रु पचास हजार तथा उपबिजेताले नगद रु तीस हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउने छन भने उत्कृष्ट खेलाडी, तथा सर्बाधिक गोलकर्ताले समेत पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन।
 नेपाल आइसको प्रयोजन रहेको खेलको फाइनल भने असोज १९ गते बिजयादशमिको दिन हुनेछ। खेलकाे प्रत्यक्ष प्रसारण माइपोखरी न्युज बाट हुने छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment