प्रारम्भिक नतिजामा सुवासचन्द्र नेम्बाङ पछि


इलाम ५ मंसिर ः नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रारम्भिक गत गणनामा पछि परेका छन् । इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर दुईमा उनी पछि परेका हुन् । 

उनी ६६ मत अन्तरले पछि परेका छन् । अर्थात गठबन्धनतर्फबाट नेपाली कांग्रेसमा उम्मेद्धार डम्बर खड्काले  342 मत ल्याउँदा नेम्बाङले २७६ मत प्राप्त गरेका हुन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बूले ३ मत प्राप्त गर्नु भएको छ । छ सय ६६८ मत गणना सम्पन्न भइसकेको छ । यो पहिलो अर्थात प्रारम्भिक मत परिणाम हो ।

यो मत परिणाम घोषणा हुन भने बाँकी रहेको छ । इलाम क्षेत्र नम्वर एकको मत गणना जारी छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment