पोल्याण्डसँग महत्वपूर्ण म्याच खेल्दै अर्जेन्टिना, दुवै टिमलाई जित्नैपर्ने दबाब


इलाम, १४ मंसिरः कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार पोल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। यी दुई देशबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ।
दुवै टिमलाई यो खेल जित्र्नैपर्ने दबाब छ। दुवै टिम यो म्याचमा विजयी हुँदै नकआउट चरणमा पुग्न चाहन्छन्। दुवै टिम उत्कृष्ट लयमा फर्किएका छन्। दुवै टिममा विश्वस्तरीय खेलाडीहरू पनि रहेका छन्। अर्जेन्टिना लियोनल मेस्सी र पोल्याण्ड रोबर्ट लेवान्डोस्कीको कप्तानीमा मैदानमा उत्रिनेछ।
पहिलो खेलमा पोल्याण्ड मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो। उसले दोस्रो खेलमा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। पोल्याण्डको जितमा प्रिटो जिलेन्स्की र कप्तान रोर्बट लेवान्डोस्कीले एकएक गोल गरेका थिए।
आफ्नो पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ गोलले हारेको थियो। दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको थियो। अर्जेन्टिनाको उक्त जितमा कप्तान लियोनल मेस्सी र एन्जो फर्नान्डेजलले गोल गरेका थिए।
पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ। उसले २ खेलमा ४ अंक जोडेको छ। एक हार र एक जितका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ। उसको ३ अंक रहेको छ। साउदी अरब पनि ३ अंकसहित तेस्रो नम्बरमा छ। मेक्सिकोले एक अंक जोड्दै पुछारमा रहेको छ।
हेड–टू–हेडमा पोल्याण्डविरुद्ध अर्जेन्टिना हाबी हुँदै आएको छ। दुई टोलीबीचको अहिलेसम्म ११ वटा अन्तर्राष्ट्रिय म्याच भएका छन्। जसमा अर्जेन्टिनाले ६ खेलमा जित, तीनमा हार र दुई म्याचमा बराबरी खेलेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment