- गोबिन्द पोडेल
रोङ २६ मंसिरः हरेक बर्ष उत्पादनमा बृद्धि भएपनि इलामको रोङमा उत्पादीत एवोकार्डोले माग धान्न सकेको छैन । २०४५ सालतिर सभवत इलाममै पहिलोपल्ट रोङको सलकपुरमा भित्रिएको घिउफल अर्थात एवोकार्डो अहिले जिल्लाको धेरै स्थानमा बिस्तार भईसकेको छ तर सलकपुरमै आउने पर्यटकहरुले समेत चाख्न नपाएको गुनासो गर्ने गरेका छन् ।
पहिला एकदाना एवोकार्डो काटेर राख्दा कसैले खादैन थिए चाख्नेहरु मुख बटार्थे तर अहिले त्यसको गुण महत्व र स्वादमा रमेकाहरु खोजिखोजि खाने गरेको कारण अग्रिम रुपमा माग हुने, ब्यपारीहरुले बोट नै किन्ने र फुटकर रुपमा ब्यापक मागहुदा जति भएपनि बेलैमा सकिने गरेको सलकपुरका किसान ईश्वरी अधिकारीले बताए ।
गत बर्ष दुईवटा बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो यसबर्ष सोहिबोटमा करिव दुईसय चालिस किलो उत्पादन भयो प्रतिकिलो दुईसय बेच्दापनि घरमै आएका पर्टकहरुलाई बिक्री गर्दा सकियो । नेपाल र भारतको बिभिन्न स्थानहरुमा माग धेरै छ उत्पान नै सकियो के गर्ने अधिकारी एग्रो ववना कटेजका सञ्चालक याम अधिकारीले बताए ।
पहिला स्थानीय समाजसेवि स्वार्गिय रोमस अधिकारीको वगानमा दुईटा बिरुवा थियो अहिले गाउ भरि सबैको वगानमा छ तर पनि खास बजार पुर्याउन सकिदैन र पुग्दैन अर्का किसान कल्पना भण्डारीको भनाई रहेको छ ।
अत्याधिक पौस्टक र प्रोटिन युक्त यो फल शुरुमा चाना काटेर रोटिमा दलेर खाने गरिएको भएपनि अहिले यसको अतिरिक्त जुस बनाएर खाने गरिएको पाईन्छ ।
करिव दुईबर्ष अघि रोङ गाउपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवा समेत बितरण गरेको थियो ।दर्जनौ परिकार बनाउन सकिने एवोकार्डो एउटै बोटमा चार पाच सय किलो सम्म फल्ने गरेको छ ।
0 comments:
Post a Comment