इलामको मंगलबारेमा नेत्रज्योतिको आँखा शिविरमा ९५ जनाको निःशुल्क शल्याक्रिया


मंगलबारे, २६ मंसिरः इलामको देउमाई नगरपालिकाको मंगलबारे बजारमा ३ दिने आँखा शिविर सम्पन्न भएको छ ।  नेपाल नेत्रज्योती संघ जिल्ला शाखा इलाम र देउमाई नगरपालिकाको संयुक्त आयोजना तथा बिराटनगर आँखा अस्पताल रानी विराटनरको प्राविधिक सहयोगमा मंसिर २२ देखि २४ सम्म शल्याक्रिया सहितको निःशुल्क आँखा शिविरमा ९५ जना मोतिया विन्दुका विमारीको शल्याक्रिया गरिएको थियो भने आठ सय भन्दा वढिको आँखा जाँच गरिएको थियो । 


बिराटनगर आँखा अस्पतालबाट डा. सगुन मल्ल्को नेतृत्वमा रहेको ८ जनाको टोलीले मोतिया विन्दुको शल्याक्रिया गरेको थियो । शिविर देउमाई नगरपालिकाको मंगलबारे बजारमा रहेको मंगलबारे बहुमुखि क्याम्पसमा सञ्चालन भएको थियो । शिविरमा मोतिया विन्दु तथा अन्य सामान्य आखाका विमारीको शल्याक्रिया , चस्मा तथा औषधि समेत वितरण गरिएको नेपाल नेत्रज्योति संघ इलाम शाखाका सचिव विष्णु कार्कीले जानकारी गराए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment