पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

२२ पुष २०७९, शुक्रबार


पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।  त्यस्तै १८ जना घाइते भएका छन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।
बस खुसार्ने पुग्नै लाग्दा बिहीबार राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरा भन्ने ठाउँमा दुर्घटना भएको थियो।

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, दान कुमारी खत्री, बिमा पाण्डे र गुनी गाहाको ज्यान गएको मजुङ्गको अस्थाई ट्राफिक चौकीका हवल्धार खिम बिक्रम थापाले जानकारी दिए । मृतक सबै एकै स्थानका हुन् ।
मृतकमध्ये तीन जनाको बसले च्यापेको अवस्थामा उद्धार गरिएको थियो । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।
घटनास्थल सालझण्डी (ढोरपाटन सडकखण्ड) अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment