फेरि अर्का व्यवसायीद्वारा आत्महत्या, एक करोड ५० लाख ऋण भार भएको खुलासा

१२ माघ २०७९, बिहीबार


मोरङ । विराटनगरमा फेरी एक व्यवसायीले व्यवसाय संचालन गर्दाको ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा मोरङको विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपाने रहेका छन् । उनले बुधबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आत्महत्याको निर्णयअघि एक सुसाइट नोट पनि लेखेका छन् । विराटनगरकै शनी रोडमा शिखर इलेक्ट्रिक पसलका सञ्चालक उनी मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत हुन् ।
उनले आत्महत्या अघि लेखेको सुसाइट नोटमा मुख्यत बैंक र सहकारीको ऋणको अर्थिक भार तिर्न नसकेको उल्लेख गरेका छन् ।
न्यौपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको खुलेको छ । उक्त ऋणको बैंक किस्ता ५ लाख गरी १ करोड ५० लाख, अर्को एक सहकारीमा १० लाख ऋण रहेको उल्लेख छ ।
उक्त शिखर शिखर इलेक्ट्रिक पशल बुबाको नाममा रहेकाले बुबाको नाममा रहेको बुवाको नामको मुद्धति खातामा रहेको रकम निकालेर अन्तै सार्न सुझाव पनि उक्त नोटमा दिइएको छ । बैंकले मुद्धतिको रकम रोक्का गर्ने आशंकाले उक्त सुझाव दिएको अनुमान गर्न सकिन्छ ।
यस्तै प्रकारको घटनामा मंगलबार मात्रै इलाम सुर्योदय नगरपालिकाका प्रेम आचार्यले आत्मदहको प्रयास गरेका थिए । संसद भवन नयाँ वानेश्वर अगाडि आँफैमाथि आगो लागएका प्रेमको बुधबार नै उपचारको क्रममा निधन भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment