इलाम नगरकप : पुस २५ बाट इलामको ठूलो टुँडिखेलमा


इलाम । इलाम नगरकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा पुस २५ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिताको टाइसिट आइतबार सार्वजनिक गरिएको हो । नगरका १२ वटा वडाको सहभागिता रहने प्रतियोगिता पुष २५ गतेबाट सुरु भएर माघ ७ गतेसम्म चल्नेछ । पुष २६ गते वडा नं ७ र ११ भिडनेछन् ।

पुष २७ गते वडा नं ४ र ८, पुष २८ गते वडा नं १० र १ भिड्नेछन् । पुष २९ गते पहिलो क्वाटरफाइनलमा उद्धघाटन खेलको बिजेतासंग वडा नं ९ ले प्रतिस्पर्धा गर्नेछ । पुष ३० गते दोश्रो क्वाटरफाइनलमा दोश्रो खेलको बिजेता र वडा नं ६ प्रतिस्पर्धा गर्नेछन् । पुष २ गते तेश्रो क्वाटरफाइनलमा तेश्रो खेलको बिजेतासंग वडा नं ३ ले प्रतिस्पर्धा गर्नेछ ।

पुष ३ गते अन्तिम क्वाटरफाइनलमा चौथो दिनको बिजेतासंग वडा नं ५ ले प्रतिस्पर्धा गर्नेछ । नगर खेलकुद विकास समितिको आयोजनामा संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोश्रो हुने टिमले ७५ हजार प्राप्त गर्नेछ ।

सेमीफाइनलबाट बाहिरिने २ टोलीले समान २५÷२५ हजार प्राप्त गर्ने समितिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment