इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको अध्यक्षमा अन्जु

 २३ पुष २०७९, शनिबार 


बिर्तामोड । इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको अध्यक्षमा अन्जु लामिछाने चयन भएकि छिन ।
समितिको शनिबार भएको पाँचौ साधारणसभा तथा तेस्रो नगर अधिवेशनबाट लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुधा शर्मा ज्ञवाली, सचिव मिलन कोइराला, सहसचिवमा शिव खनाल, कोषाध्यक्षमा दुर्गा पोख्रेल घिमिरे, सदस्यहरु कृष्णभक्त तिम्सिना, गंगा खनाल, मेनुका तिखत्री, बजरंग गर्ग, बिमला पौडेल, आर्जु खतिवडा, केदार निरौला र पुस्कल बस्नेत चयन भएको निर्वाचन मण्डलका सदस्य खिवराज दाहालले जानकारी दिए ।
इलाममा जन्मिएर झापालाई कर्मथलो बनाएका ब्यक्तिहरुको सामाजिक संस्थाको रुपमा मैत्री समाज कृयाशिल रहेको छ ।
समाजले अस्पतालहरुको सहयोगमा इलाममा स्वास्थ्य शिविर संचालन, राहत वितरण, बाल तथा वृद्धाश्रममा खाध्यान्न वितरण जस्ता सामाजिक कार्य गर्दै आएको निवर्तमान अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment