इलाम नगरकप फाइनलः रेफ्रीको रातोकार्ड सँगै खेल स्थगित


इलाम ७ माघः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगिको फाइनल खेल दोस्रो हाफको ९ औँ मिनेटमा स्थगित भएको छ । 

वड नम्बर ७ र वडा नम्बर ३ पुवामझुवा विच भएको फाइनल खेल स्थगित भएको हो । यदपी खेल मैदन छोडेर पुवामझुवाको टीम बाहिरे पनि रेफ्रीले वडा नम्बरलाई विजयी घोषण गरे पनि आयोजकले खेलका सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ । 

खेल शुरुहुन भन्दा पहिले देखिनै दुवै टीम विच वडा वाहिर र जिल्ला वाहिरका खेल्लाडी खेलाउन पाउने र नपाउनेमा विवाद भएको थियो । खेलको पहिलो हाफमा दुवै टिमले एक एक गोल गरेर खेल बराबरीमा रहेको अवस्थामा खेलको ९ औँ मिनेटमा पुवमझुवका गोल रक्षकले वन भर्सेज वनामा डी वक्स भित्र वल किलियर गर्ने क्रममा फल गरेका थिए र त्यसै फलमा रेफ्रीले गोल रक्षकलाई रातो कार्ड देखाउँदै खेलबाट वहिर पठाएका थिए । 

रातो कार्डको विषयमा पुवामझुवाले वन भर्सेज वनमा गोलरक्षकले वललाई पहिले किलियर गरेर खेलाडीसँग जुदेकोहो यसमा रातोकार्ड निर्णय मान्दैनौ भन्दै खेलाडीलाई प्लेयर वक्समा वोलाएका थिए । तर कुनै पनि खेलमा रेफ्रीको निर्णय अन्तिम हुनेमा पुवामझुवाको विवादले खेल अनुशासनमा प्रस्न चिन्न उठाएको आयोजकले वताएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment