इलामका युवा प्रेमप्रसाद आचार्यद्वारा संसद भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहका प्रयास

१० माघ २०७९, मंगलवार


काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहका प्रयास गर्ने युवा इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य रहेका छन् ।
मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै युवकले आत्मदाहको प्रयास गरेको पनि बताइएको छ । तर, विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
आत्मदाहको प्रयास गरेका उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment