इलाम नगरकपः शुकराज चम्कदा वडा नम्बर ३ पुवामझुवा फाइनलमा


इलाम ४ माघः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगिकम वडा नम्बर ३ पुवामझुवा फाइनलमा प्रवेश गरेको  छ । 
बुधकारबार भएको खेलमा वडा नम्बर ९ लाई २–१ ले हराउँदै  वडा नम्बर ३ फाइनलमा प्रवेश गरेको हो । खेलको शुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता वडा नम्बर ९ ले हार वेहोर्नु परेको हो । 
खेलको ८ औँ मिनेटमा वडा नम्बर ९ का हरी सिटौलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 
खेलमा धेरै अवसरहरु पाए पनि दुवै तर्फबाट सदुपयोग गर्न नसक्ता पहिलो हाफको खेल १–० मा सकिए पनि दोस्रो हामफमा कम व्याक गरेको वडा नम्बर ३ का शुकराज राईले ५३ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए । फेरी  शुकराजले नै खेलको ६४ औँ मिनेटमा अर्को गोल थप्दै पुवामझुवाको जीत सुनिस्चित गराए । आजको खेलमा मेन अफ दि म्याच पनि विजयी टीमका स्कोेरर शुकराज राई भए । 


प्रतियोगिताको विजयी टीमले एकलाख पचासहजार र मेडल तथा ट्रफि पाउने छ भने उप विजेताले नगद ७५ हजार र  सेमिफाइनल खेल्ने टीमले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । बिहीबारको दोस्रो सेमिफाइनल  खेल वडा नम्बर ७ र वडा नम्बर ५ विच दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment