इलाम ३ माघः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगिकम वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलम वडा नम्बर १० गोदकलाई ४–० ले हराउँदै वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको अव फाइनल प्रवेशको लागि वडा नम्बर ५ ले वडा नम्बर ७ को सामना गर्ने छ ।
वडा नम्बर ५ को जीतको लागि खेलको पहिलो मिनेटमा नै आशिष राईको गोलबाट अग्रता लिएको थियो । खेलको २३ औँ मिनेटमा आदर्श गुरुङले गोल गर्दै अग्रता दोव्वर बनाएका थिए । खेलको ५२ औँ मिनेटमा आशिष राईले व्याक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को स्कोरमा पु¥याए । खेलको ५७ औँ मिनेटमा मिलन लिम्बुले गोल गदै वडा नम्बर ५ ले वडा नम्बर १० लाई ४–० ले पराजित गरेको हो । आजको खेलको मेन अफ दि म्याच विजयी टिमका मिलन लिम्बु भए ।
नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्र्दशनको आधारमा इलाम जिल्लाको लागि एउटा टीम छनौट गरिने छ । प्रतियोगितामा आफ्ना वडा वहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजयी टीमले एकलाख पचासहजार र मेडल तथा ट्रफि पाउने छ भने उप विजेताले नगद ७५ हजार र सेमिफाइनल खेल्ने टीमले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । मंगलबारको पहिलाे सेमिफाइनल खेल वडा नम्बर ९ र वडा नम्बर ३ विचको खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।
0 comments:
Post a Comment