त्रिकोणात्मक टी–ट्वान्टी सिरीजः इलामलाई ५२ रनले हराउँदै सिक्कीमद्वारा सिरीज कब्जा


इलाम, ३ माघः खुदुनाबारीमा सम्पन्न त्रीकोणात्मक टी–ट्वान्टी  क्रीकेट सिरिजको फाइनलमा इलामलाइ हराउदै सिक्किमले सिरीज कब्जा गरेको छ । जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना र बोस्टन क्रीकेट एकाडेमिको ब्यबस्थापनमा अर्जुनधारा नगरपालिका वार्ड न ३ स्थित प्रस्तावित कैदले रङगशालामा सम्पन्न त्रीकोणात्मक टी–ट्वान्टी  क्रीकेट शृङ्खला अन्तर्गत भएको फाइनल खेलमा रोङ टिमलाइ पराजित गर्दै सिक्किम टिमले उपाधि कब्जा गरेको हो  । 


टस जितेर ब्याटिङ रोजेको सिक्किम टिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा अर्बिन क्षेत्री २३, र रितेश बि। क। को २६ रनको मदत्तले १४१ रनको स्कोर खडा गरेको थियो। 
जबाफी ब्याटिङमा १४२ रनको लक्ष लिइ मैदानमा ओर्लिएको इलाम रोङ टिम १५ ओभरमा ८९ रनमा समेटिन पुग्यो । सिक्किम टिमका बलर दिनेश रजकले ५ र सन्दिप क्षेत्री ले २ विकेट निकालेका थिए । ५ विकेट लिएका रजक आजको खेलका म्यान अफ दि म्याच चुनिए । 
यो जित सङ्गै लिग चरणमा इलाम रोङ टिम सङ्ग पराजित भएको सिक्किम टिमले उक्त्त पराजयको बदला लिएको छ। 
फाइनल खेलमा बिजयी सिक्किम टिमलाइ जिल्ला क्रीकेट सङ्घ इलामका अध्यक्ष अर्जुन पौडेल र बोस्टन एकाडेमिका सन्चालक बिनित बास्तोलाले सम्युक्त्त रुपमा ट्रफि प्रदान गर्नुभयो । यसै गरि यस त्रीकोणात्मक सिरिजमा ब्यबस्थापन एबम समन्वयात्मक भुमिका खेल्नुहुने जुकेखाडि सामुदायिक बन, युथ अफ खुदुनाबारि, च्यारिटि युथ क्लब , बोस्टन क्रीकेट एकाडेमि र पाहुना टिमलाइ अध्यक्ष अर्जुन पौडेलले मायाको चिनो प्रदान गर्नु भएको थियो।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment