पोखरीमा डुबेर महिलाको मृत्यु


ओखलढुंगा । गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरकी ४५ वर्षीया कुमारी राईको मृत्यु भएको हो ।

आज (मंगलबार) बिहान घर नजिकैको गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । तत्कालै उनको उद्धार गरि घर लगिएकोमा उनको मृत्यृ भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि नजिकैको प्रहरी चौकी र जिल्लाबाट समेत प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक राईको पहिल्यैदेखि स्वास्थ्यमा समस्या रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment