सप्तरीमा चिसोले कठ्यांग्रिएर ३ जनाको मृत्यु

४ माघ २०७९, बुधबार


सप्तरी । बाक्लो हुस्सुसहित शीतलहर चल्दा सप्तरीमा चिसोले कठ्यांग्रिएर पछिल्लो २ हप्तामा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकामा अत्यधिक चिसोका कारण एक–एक जनाको मृत्यु भएको हो ।
शितलहरका कारण अत्यधिक चिसो बढेसँगै गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो । पुस २५ गते अग्निसाइर कृष्णासवन गाउँपालिका- ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पनि चिसोका कारण मृत्यु भएको बताइएको थियो । उनीहरु दुवै जना राति खाना खाएर सुतेपछि न्यानो लुगाको अभावमा राति नै चिसोका कारण ज्यान गएको आफन्तहरुले बताएका थिए । तर यी घटनामा प्रहरीले औपाचारिक पुष्टि गरेन ।
पछिल्लोपटक चिसोका कारण ४७ वर्षीय प्रेम यादवको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका- २, जमुनी टोलका यादवको भने प्रहरीले पनि जाडोकै कारण मृत्यु भएको पुष्टि गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले अन्य विभिन्न ठाउँमा पनि जाडोले कठ्यांग्रिएर मानिसहरुको ज्यान गएको हुन सक्ने तर प्रहरीमा मृत्युको कारण या आधारसहित निवेदन नआएको बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment