१२ माघ २०७९, बिहीबार
काठमाडौं । आत्मदाहको प्रयासपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले श्रीमानले मृत्युअघि फेसबुक स्टाटसमा उल्लेख गरेअनुसार नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध जाहेरी दर्ता गरेकी छन् ।
बिहीबार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पुगेर नानुकाले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएकी हुन् ।
स्टाटसमा प्रेमले आरोप लगाएकाहरू कसूरदार भएको दाबी गर्दै आवश्यक कानुनी कारबाहीसहित नानुकाले क्षतिपूर्तिको पनि माग गरेकी छिन् ।
जाहेरीमा काथबोर्ड इन्टरनेसनल कलेज, सान इन्टरनेसनल कलेज, सुजुकी सोरुम, इलाम सूर्योदय नगरपालिका–११ टेकबहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग कम्पनी र त्यहाँका सञ्चालक उपेन्द्र महतो एवं समताप्रसाद, गोल्यान एग्रो, अनिल बस्नेतको मेरो तरकारी डट कम, डाबर नेपाल प्रालि, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारमाथि जाहेरी दिइएको छ ।

0 comments:
Post a Comment