जुम्लामा घर जलेर नस्ट, १४ वर्षीया किशोरीको मृत्यु


 जुम्ला । घरमा आगालागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका— १ ठिन्केमा स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी भएको हो । गएराति करिब साढे १० भएको आगलागीका कारण उनकी १४ वर्षीया छोरी वन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।

आगलागीबाट भण्डारीको ३ कोठे घर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार ३ तले घरमा भण्डारी परिवारका ७ जना सुतेका थिए । आगलागी भएको चाल पाउँदा अरू सबै घरबाहिर निस्कन सफल भएकोमा ती किशोरी भने बाहिर निस्कन नपाई आगोमा फसेकी थिइन् । उनी घरको तेस्रो तलमा सुतेका कारण निस्कन नपाएर आगोमा जलेको प्रहरीको भनाइ छ ।

ढुङ्गा र काठबाट बनेको घरको छाना चाहिँ टिनको थियो । तर पनि आगोले जलेर भग्न भएको छ । आगो घरको दोस्रो तलाबाट लागेको बताइएको छ । रातिको समय भएकाले सबै सुतिसकेपछि आगो लाग्दा बेलैमा आगो निभाउन समेत नसकिएको स्थानीयले बताए । घरमुली लोकबहादुरको खुट्टामा समेत केही जलेर घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment