इलामको रोङमा बर्थिङ सेन्टर गुणस्तरिय बनाईदै

  • गोबिन्द पौडेल 

रोङ २३ माघः सुरक्षित मातृशिशु शुलभ कार्यक्रमलाई प्रभावकारी बनाउन रोङका स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ । जिल्ला स्वास्थ्य कार्यलय इलामको आयोजनामा रोङ गाउपालिकामा रहेका बर्थिङ सेन्टरलाई थप सेवामुखी र दक्ष बनाउदै सुरक्षित प्रसुति गराउन स्वास्थ्यकर्मीको क्षमता बिकाश,औजार उपकरणको प्रयोग, जटिलताको पहिचान जस्ता बिषयहरुमाथी तालिम प्राप्त जनशक्तिको बिकाश गरेर नागरिकहरुलाई सुलभ ,प्रभावकारी र सुरक्षित सेवा प्रवाह गर्न तालिमले सहयोग गर्ने अपेक्षा रहेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
रोङ ५ को ईरौटारमा सञ्चालित अनुशिक्षण तालिममा जिल्ला जनस्वास्थ्य इलामका नर्सिङ अधिकृत मातृ तथा नवजात शिशुका फोकल फर्सनअनिता सुब्बाले सहजिकरण गरिरहनु भएको छ । 
नागरिकहरुलाई दिईने सहज सुबिधाको सो कार्यक्रमको अवस्था बारेमा गाउपालिकाका प्रमुख प्रसासकिय प्रमुख दिपेन्द दहाल,बिज्ञ डा तारानाथ पोखरेल, स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले, वडा न ५ का वडाध्यक्ष दल बहादुर पुलामि स्वास्थ्यकर्मीहरु लगायतबाट अनुगमन र कार्यक्रमको बारेमा छलफल भएको थियो ।
चालु बर्षमा रोङ ५ को बर्थिङ सेन्टरमा ५ र कोल्बुङबाट ३ जनाले सुरक्षित मातृत्व वर्थिङ सेवा लिएका छन् । स्वास्थकेन्द्रमा गर्भजाच गराउदा चारपटक सम्मको लागि चारसय , सुत्केरी गराउदा दुईहजार, निःशुल्क आईरन, न्यानो झोला र कपडा समेत दिईने गरेको छ । सरकारले अधिक्तम सुरक्षित र सुलभ सेवा दिने गरेपनि अहिले सम्म नागरिकहरुले बिश्वास नगरेको कारण सेवाग्राहिको सख्या कम हुने गरेकोमा सरकारी सस्थालाई कम बिश्वास गरिरहेको अवस्थामा यसको सेवा गुणस्तरिय बनाउन साथै आम नागरिकहरुको बिश्वास जित्न प्रभावकारी सेवा र चेतना बिकासमा लाग्न सबैपक्ष लाग्न जरुरी रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment