बागलुङमा फेरि एक पुरुषले गरे आत्मदाह

१८ माघ २०७९, बुधबार


काठमाडौं। बागलुङमा एक जना पुरुषले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
बुधबार बागलुङ नगरपालिका ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।
शरीरमा पेट्रोल छर्केर आगो लगाएर घाइते भएका उनलाई उपचारका लागि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै गरेको बताइएको छ ।
घरमा कोही नभएको बेला जिसीले घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । यद्यपि, के कारणले उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे भन्नेबारे यकिन जानकारी आएको छैन । यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment